2031
Shares
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान नसहने बताएका छन् ।
पार्टी कार्यालय पेरिस डाँडामा शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँगको भेलामा अध्यक्ष प्रचण्डले ओलीले आफूलाई गन्दै नगनेको भन्दै गुनासो गरेको प्रदेश १ का एक केन्द्रीय सदस्यले बताए।
उनले आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि ओलीले स्वीकार नगरेको र आफूले बोलाएको बैठकलाई पनि गुटको भेला भनेर नामाकरण गर्ने गरेको बताए ।
उनले पेरिसडाँडाको भेलालाई गुटको भेला होइन भन्दै आफूलाई अध्यक्षको रुपमा कहिल्यै नहेरेपछि यस्तो कदम चाल्नुपरेको बताएका थिए ।
प्रचण्डले आफूलाई ओलीले रबर स्ट्याम्प अध्यक्ष ठानेको भन्दै भेलामा गुनासो गरेका थिए ।