२०८३, ४ मंसिर बिहीबार
×

उपत्यकामा भोलीदेखी यातायात र व्यापार-व्यवसाय खुल्ने,यातायातमा जोरबिजोर लागू

969 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ । भोलिदेखि नै काठमाडौंमा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि निश्चित समय खुल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उपत्यकामा भोलिदेखि १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन जोरबिजोरमा सञ्चालन हुनेछन् । निजी सवारी साधनमा पनि जोरबिजोर लागू गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले मेला, महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको गरेको छ ।

आदेशको पूर्णपाठ

प्रतिक्रिया