२०८३, ४ मंसिर बिहीबार
×

गोकर्णेश्वरको श्री देवी बाल सुधार माविमा विज्ञान प्रयोगशाला निमार्ण

2363 Shares

काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको श्री देबी बाल सुधार माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला निमार्ण गरिएको छ । सो प्रयोगशालाको काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर राईले एक कार्यक्रमका बिच उद्घाटन गरे ।

स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु १० लाख को लागतमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय राम बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उद्घाटन कार्यक्रममा बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजेन्द्र कुमार भण्डारी, नगरपालिका शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल, नेकपा नगर अध्यक्ष उद्दब बिष्ट,नेकपा नेता गोकुल बिष्ट, हर्क तामाङ, विद्यालय व्यवस्थापन समितिका कमल बहादुर बिष्ट, पुर्व अध्यक्ष, पदाधिकारी, विद्यालय प्राचार्यहरु रहेका थिए भने शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सोही विद्यालयका विज्ञान शिक्षक कमल प्रसाद काफ्लेले गरेका थिए भने विद्यालयका प्राचार्य सिताराम गिरिले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले विद्यालयलाई प्रविधिमैत्री बनाउँने लक्षमा सहयोग गर्न पाउँदा खुसि लागेको बताए । उनले आगामी दिनमा पनि विद्यालयलाई अन्य आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । सांसद राईल शैक्षिक गुणस्तर सुधार गर्न गरेको लगानीलाई खेर जान नदिन निरन्तर अनुगमन आवश्यक रहेको पनि बताउँदै प्रयोगशालाको सही सदुपयोग गर्नपर्ने धारणा राखे।

त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, नगरपालिका शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल, विद्यालयका पुर्व अध्यक्ष्य कमल बहादुर बिष्ट ,नेकपा नगर अध्यक्ष एव्म विद्यालयका पुर्व अध्यक्ष उद्दब बिष्ट, गोकुल बिष्ट , हर्क बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

मन्तव्यकै क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम बिष्टले विद्यालयको समग्र बिकासको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि यस्तै सहयोगको आवश्यकता रहेको बताए। उनले विद्यार्थीले कक्षामा पढेका बिषयलाइ प्रयोगात्मक अभ्यास गरी सिक्ने कार्यमा समस्या नहोस भनेर प्रयोगशाला बनाइएको उल्लेख गरे ।

अध्यक्ष बिष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जना एकजुट हुनपर्नेमा जोड दिए ।

त्यस्तै विद्यालयका पुर्व अध्यक्ष एव्म गोकर्णेश्वर नगरपालिका पर्ती जग्गा संरक्षण संयोजक किरण बहादुर बिष्टले विद्यालयको लागि आवश्यक पर्ने पर्ति जग्गा भोगचलनका लागि आवश्यक पहल गर्ने प्रतिबद्दता जनाए।

प्रतिक्रिया