1461
Shares
काठमाडौँ । बुधबार एकैदिन २७९ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप २७९ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४३६४ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ । जसमध्ये अहिलेसम्म १५ जनाको मृत्यु भएकाे छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।