काठमाडौं । बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाकी श्रीमती अनु प्रसाई लामाले आफ्नो जन्म दिनको अवसर पारेर व्यक्तिगत रुपमा खाद्यान्न लगायतको समाग्री सहयोग गरेकी हुन् ।
काठमाडौंका बिभिन्न क्षेत्रमा सहयोगी दाताहरुको सहयोगमा शुरु गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, तथा विपन्न परिवारलाई निशुल्क भोजन गराउने अभियानमा उनले आज सहयोग गरेकी हुन् ।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि नि:शुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको अनु प्रसाई लामाले बताइन ।

प्रत्येक वर्ष व्यक्तिगत रुपमा आफ्नो जन्म दिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी उनले काठमाडौं महानगरपालिका वडा नं ६ का बिभिन्न स्थान र गोकर्णेश्वर नगरपालिकाका करिब १५ स्थानका लागि ५ /५ बोराको दरले करिब ७५ बोरा चामल लगायतको खाद्यान्न सामग्री सहयोग गरेकी हुन् । उक्त सामग्री बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा स्वयं उपस्थित भइ हस्तान्तरण गरेका थिए ।

उनले आज बिहान लर्डस लाईट गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयॉवस्ती युवा क्लव ,गैरी गॉउ सुधार समाज ,सुन्दरटोल सुधार समाज, नारायणटार यूवा क्लव चामुण्डा मा. वि ,जोरपाटी युवा क्लव तथा जोरपाटी युवा समुह गोकर्णेश्वर नगरपालिका ५ ,गोकर्णेश्वर नगरपालिका वडा नं ५ कार्यालय , पाखा पंधेरो, अरोणदय मा. वि वडा नं ९ आरूबारी,आनन्दपुर महिला समाज,बृहस्पति मार्ग टोल विकास समाज, स्पेशल स्पोर्ट क्लव- आनन्दपुर बौद्द-६ तिनचूले, .निराग पार्टी प्यालेश का.म.पा बौद्द-६, चुच्चेपाटी ,.बौद्द तामाङ कल्याण गुठ्ठीको नयॉ भवन, बौद्द-६ टुसाल धुर्सामा खाद्यान्न सहयोग गरेका हुन् । त्यसै गरि उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ र गोकर्णेश्वर नगरपालिका वडा नं ४ लाइ पनि सहयोग गरेका छन ।

अफ्ट्यारो अवस्थामा गरिएको सत्प्रयासमा हातेमालो गर्दै यो सहयोग गरेको उनले बताइन । सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका छन न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित हुने पनि बताइन । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि बताइन । उनले आगामी दिनमा पनि यस्ता खालका रचनात्मक कार्यक्रमहरु गर्दै जाने बताइन त्यसै गरि आज नै सुनौलो पाइला संस्थामा आश्रय लिइरहेकी सुत्केरी महिला सहित बालबालिकाहरुको लागि रु १० हजार नगद समेत सहयोग गरिएको छ।

