२०८३, ४ मंसिर बिहीबार
×

भोली सार्वजनिक बिदा

1995 Shares

काठमाडौं । केन्द्रीय सरकारले सार्वजनिक बिदा कटौती गरे पनि स्थानीय तहले कानुनसम्मत विभिन्न चाड पर्व र दिवसहरुमा बिदा दिँदै आएका छन् । यही फागुन १५ गते परेको  ३८औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय तहले सार्वजनिक बिदा दिएको छ ।

पाल्पाको रामपुर नगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा आफ्नो नगरभित्र फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिएको हो । सार्वजनिक बिदाबारे जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा यही फागुन ११ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार फागुन १५ गते सार्वजनिक बिदा दिइएको हो । नगर प्रमुख रमणबहादुर थापाले विज्ञप्ति जारी गरेर बिदाबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया