२०८३, ४ मंसिर बिहीबार
×

चर्चित गायक दिपक बाज्राचार्यको “राति” म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस पुरै भिडियो)

1335 Shares

काठमाडौँ – चर्चित गायक दिपक बाज्राचार्यको “राति” गीतको म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ।

गीतमा गायक दिपक बाज्राचार्यको स्वर तथा संगीत र ऋके शक्याको शब्द रहेको छ भने गायक आफैले निर्देशन गरेका छन।

‘राति’ बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा् कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नुछ । यस भिडीयोमा एक सुन्दरी यूवति त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाब पनि झल्काइएको छु।

मेरो मनमा चलेको यहि आँधिबेरीको कथा हो ‘राति’ ।

कालो शक्ति अर्थात नेगेटिभ ईनर्जी सँग पोगेटिभ इनर्जीको बिजयको सांगीतिक संकेत हो ‘राति’। सुन्दर र लोभ लालचको सैतान लाई हाम्रो आफ्नो कला संस्कृतीको ‘लाखे’ तथा ‘झाक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथा हो ‘राति’।

यस्तै गीतको भिडियोमा चरिसा बाज्राचार्यले अभिनय गरेकी छन्। राजेश श्रेष्ठले छयांकन गरेको भिडियोमा उज्वल ढकालले सम्पादन गरेका छ भने प्रदिप जोशीको एरेन्ज रहेको छ।

यस म्युजिक भिडियोलाई दिपक बाज्राचार्य युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया