२०८३, ४ मंसिर बिहीबार
×

सुशीला र रमेशराजले चार्ल्टन समाजको तीज कार्यक्रममा नचाउने

1420 Shares

लन्डन– नेपाली हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन केहि महिना बाँकी छँदै लन्डनमा तीज कार्यक्रमहरु धमाधम  सुरु भइसकेको छ ।

यसैबीच चार्ल्टन नेपाली समाजको तीज कार्यक्रम अगस्ट २७ मा, विशेष सांगीतिक कार्यक्रम सहित हुने जानकारी समाजका अध्यक्ष टंक कडेलले दिनुभएको छ ।

लोकदोहोरी क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल  गायिका सुशिला गौतम तथा गायक रमेशराज भट्टराईले चार्ल्टन समाजको तीज कार्यक्रममा विशेष सांगीतिक प्रस्तुति दिने  भएका छन् ।

समाजका अध्यक्ष टंक कडेल

स्थानीय मेरिडियन स्पोर्ट्स क्लबको हलमा दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रम साँझसम्म चल्ने सो कार्यक्रम एकदम रोमान्चक हुने जानकारी समाजका अध्यक्ष टंक कडेलले दिनुभयो  । कार्यक्रममा प्रवेश शुल्क १२ पाउण्ड लाग्नेछ भने बालबालिकाको लागि मात्र ५ पाउण्ड बनाइएको छ ।

कार्यक्रमलाई सांगीतिक माहोल बनाउन डिजे हेम विष्टको प्रस्तुति रहनेछ  त्यसअवसरमा महिला दिदीबहिनीहरुको लागि विशेष दरको व्यवस्थापन पनि गरिएको छ । उप-अध्यक्ष कृष्ण खरेलले कार्यक्रम बैंक होलिडेको दिन परेकाले बढी सहभागिता रहने अपेक्षा गरेका छन् ।

चार्ल्टन समाजको कार्यक्रममा नाच्दै साउथ-ईस्ट लन्डन बस्ने नेपालीहरु

यसैबीच चाल्र्टन समाजले आगामी ३० सेप्टेम्बरमा अधिवेशन आह्वान गरेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। अधिवेशनका लागि होम शर्मा संयोजक तथा मोतीराज भण्डारी, सुरज केसी, गंगा खरेल र डाशुराम पाण्डे सदस्य रहेको निर्वाचन कमिटी गठन गरेको छ । अध्यक्ष कँडेलले समाजको सदस्यता नविकरण गर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया