असार १३ दोलखामा नेपाल विद्युत प्राधिकरणको लापरवाहीको कारण एक जना महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवाको ४१ बर्षिय दुर्गा बुढाथोकी रहेकीछिन् । विजुलीको तारको लागि खेतमा गाडिएको काठको पोललाई सर्पोट दिन तानिएको तारमा करेन्ट प्रवाह हुदा उनको बुधबार घटनास्थलमै मृत्यु भएको हो । प्राधिकरणको लापरवाहीको कारण दुर्गा बुढाथोकीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरिरहेका थिए ।

आन्दोलनपछि क्षतिपूर्ति बापत २० लाख रुपैया, मृतकको माईली छोरीलाई रोजगारी र छोरा छोरीलाई अध्ययनको व्यवस्था गर्न सम्बन्धित निकायमा सिफारीस गर्ने सहमति भएपछि मृतकको शव उठेको छ । लापरवाही भएको निश्ष्र्क कै मृतकको दहासंस्कारको लागि तत्काल ५० हजार रुपैया उपलब्ध गराउने पनि सहमति भएको छ । घट्ना लगतै नेपाल विद्युत प्राधिकरण दोलखाका इन्जिनियर उमेश श्रेष्ठ सहितको टोलिले स्थलगत अनुगमन गरी प्राधिकरणको लापरवाही भएको स्वीकार गरेका थिए ।
