3634
Shares
काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन् ।
सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (बिन्दु) मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरबिन) कब्जामा लिएका हुन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समचार छापिएको छ ।
जेठ ७ गते लौरेडाँडा पुगेको सरकारी अधिकारीहरुबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा सुरक्षाकर्मी खटाएको थियो ।
सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटनालाई गुपचुप राखेका छन् ।