1350
Shares
सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उतिबेला जेठ २३ गते बिदा पर्ने भनेपनि आज गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै भोलि नै देशभर बिदा हुने जनाएको हो ।
मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो । चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो ।
मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको औपचारिक जानकारी गराएको छ । प्रदेश २ सरकारले समेत भोलि बिदा घोषणा गरेको छ ।
यस्तो छ विज्ञप्ति :
