२०८३, ४ मंसिर बिहीबार
×

नवदीपद्धारा विद्यालयमा डस्विन वितरण

1213 Shares

अर्घाखाँची – नवदीप यूवा क्लवले मालारानी गाउँपालिका वडा ५ भित्र रहेका विद्यालयमा डस्वीन (फोहर संकलन वाल्टी) वितरण गरेको छ ।
हिजो आइतबार मालारानी गाउँपालिका वडा ५ को कार्यालय भवनमा एक कार्यक्रमको आयोजनागरी विभिन्न ५ विद्यालयलाई डस्विन वितरण गर्नुका साथै क्लवद्धारा प्रकाशित नयाँबर्ष २०७६ सालको भित्रेपात्रो समेत विमोचन गरेको हो ।

क्लबका अध्यक्ष सुर्य बहादुर कुवँरको सभाध्यक्ष भएको कार्यक्रमको प्रमुख अतिथि मालारानी गाउँपालिका वडा ५ का अध्यक्ष सोभाखर भुसाल रहेका थिए । त्यस्तै अतिथिमा वडा ५ स्वास्थ्य चौकी इन्चार्ज डिलाराम भुसाल,वडा कार्यालय भेटेनरी प्रमुख दिपक रिजाल,ज्ञानदीप आधारभुत विद्यालयका प्रधानध्यापक भगवता भुसाल, नवज्योती आधारभुत विद्यालय प्र.अ क्षमा खनाल,नरसिंह आधारभुत विद्यालय प्रअ शान्ता बन्जाडे भुसाल,धुर्वतारा बाल विकास प्रअ राधा कुवँर,सुर्यादय बालविकास प्रअ वसन्ता आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

क्लवले ५ विद्यालय सहित वडा कार्यलय र स्वास्थ्य चौकी समेत गरी २१ वडा डस्विन वितरण गरेको क्लवका सचिव बिष्णु आचार्यले जानकारी दिए । उनका अनुसार विगत बर्षहरुको कार्यक्रलाई निरन्तरता एव्म वडा ५ भित्रका सम्पूर्ण विद्यालयलाई डस्विन पु¥याउने अभियान अन्र्तगत यो कार्यक्रम गरिएको हो। उनले यस कार्यक्रमलाई क्लवले अभियानकै रुपमा लगेको बताए ।
सचिव आचार्यले विगतका बर्षहरुमा श्री सिद्ध माध्यमिक विद्यालय(वाँगी साविक ८),शान्ती उच्च मावी(.वाँगी साविक ५) र सुन्दर निमावी(वाँगी साविक ३)मा डस्विन वितरण गरिसकिएको बताए । उनले भने ‘मालारानी ५ भित्रमा साविक वडा ५,६,७,८ र ९ का सम्पूर्ण विद्यालयमा पुराएका छौं अब आगामी बर्ष सावीक १,२,३ र ४ लगायतका सम्पूर्ण विद्यालयमा डस्विन पुराउने छौं ।’ ‘

‘हामी युवा अरुलाई गरेन भन्दैआलोचना गर्नको साटो आफ्नो गाउँ, समाजलाई विकासको गतीमा लम्काउने बाटोमा अग्रसर हौं भन्ने अठोट र संकल्पका साथ अगाडी बढेका छौं’ उनले भने ‘गाउँ विकासमा स्थानिय सरकारसँग हातेमालो गर्दै अगाडी बढ्नुका साथै दिनदुखी र गरिवका घाउमा मलम पट्टी लगाउन समेत सामाजिक अभियानमा जुटेका छौं ।’

कार्यक्रममा प्रमुख अतिथि मालारानी गाउँपलिका वडा ५का अध्यक्ष शोभाखर भुसालले क्लवले गाउँपालिका भित्र रहेर रचनात्मक साथै सामाजिक काम गरेको भन्दै खुसी व्यक्त गरे । उनले बिगतका वर्षहरुमा पनी क्लवले बिभिन्न स्कुल हरुमा डस्विन वितरण ,क्यान्सर पिडितहरुलाई आर्थिक सहयोग,निशुल्क स्वास्थ्य शिविर जस्ता सामाजिक कार्यहरु गरेको भन्दै यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे । ‘क्लव सामाजिक उत्तरदाहित्वलाई आत्मसाथ गर्दै विभिन्न सामाजिक कार्यमा अग्रसर भएको छ’ उनले भने ‘यस्ता कार्यले क्लवको गरिमा अझ बढेको छ ।’

अध्यक्ष भुसालले सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को संकल्पलाई यस्ता कार्यले मद्धत पुर्याउने विश्वास व्यक्त गरे । उनले वडा कार्यालय भित्रका सामाजिक संघ सस्था साथै क्लवले वडा भित्र हुने विकास निमार्णका कार्यहरुमा सहयोगीको भुमिका खेल्न समेत आग्रह गरे। उनले क्लवले गरेका कार्य प्रति आफु खुसी भएको भन्दै आगामी दिनमा वडा कार्यालयबाट हुने र सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै वडा ५ भेटनरी प्रमुख दिपक रिजालले क्लवले गरेको कामको प्रशंसा गर्दै नयाँ नयाँ रचनात्मक कामले नयाँ पिढिलाई समाजमा केही गर्नु प्रछ भन्ने सन्देश दिएको बताए । उनले समाजमा अरुलाई दोष लगाउने र अरुको आलोचनामामात्र समय खर्च गर्नुको साटो आफैबाट समाजको विकासमा लाग्नु पर्ने धारणा व्यक्त गरे ।

त्यस्तै सम्पूर्ण स्कुलको प्रतिनिधित्व गर्दै ज्ञानदिप आधारभुत विद्यालयका प्रधानध्यापक भगवता भुसालले यस्ता खालका रचनात्मक कार्यले समाजमा सकरात्मक प्रभाब पार्ने बताईन । उनले समाजमा आफै केही गर्नुपर्छ भन्ने सन्देश दिनुका साथै सामाजिक कार्यमा युवा पंक्ति लागेर आफ्नो समाजलाई नमुना समाज बनाउने तर्फ ध्यान केन्द्रीत गर्नपर्ने बताईन ।

कार्यक्रममा क्लबका सल्लाहकार गिता साह र कोषाध्यक्ष प्रकाश कुवरले क्लवका भावी योजना र गतिविधिका बारेमा केन्द्रीत रहेर मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई क्लवका सदस्य सुमन कुवँर र आदित्य कुवँरले खादा लगाई स्वागत गरेका थिए ।
क्लवद्धारा प्रकाशित २०७६ सालको भित्तेपात्रो वडा अध्यक्ष शोभाखर भुसालको हातबाट विमोचन गरिएकोे थियो भने डस्विनहरु क्लवका कोषाध्यक्षको हातबाट वितरण गरिएको थियो । जसमा ज्ञानदिप आधारभुत विद्यालयलाई ६ वटा,नवज्योतीलाई ४ , नरसिंहलाई २ ,धुर्वतारालाई २ ,सुर्यदोयलाई २ , स्वास्थ चौकीलाई ३ , तथा वडा न ५ को कार्यलाई २ वटागरी २१ वटा फोहर संकलन वाल्टी(डस्विन) हस्तान्तरण गरिएको हो।

कार्यक्रममा समापन मन्तव्य राख्दै क्लवका अध्यक्ष एव्म कार्यक्रमका सभाध्यक्ष सुर्य कुवँरले समाज रूपान्तरणको लागि क्लवको अभियानमा साथ दिने सम्पूर्णमा धन्यावाद प्रकट गरे। उनले आगामी दिनमा समाज रुपान्तरण साथै समाज विकासको लागी सम्पूर्ण वडाबासीको थप सहयोगको समेत क्लवले अपेक्षा राखेको बताए ।अध्यक्ष केसीले धेरै ठुलो कार्य गर्न नसकिएला तर समाज भित्रका स।साना विषयबस्तु उठान गर्दै, समाजिक उत्तरदाहित्वलाई आत्मसाथ गर्दै, समता मुलक समाजको निमार्ण गर्न सदियौं देखी जकेडिदै आएको सामाजिक विभेदको अन्त्य लगायतका कार्यमा समेत क्लवले विभिन्न जनचेतनामुलक कार्यक्रम ल्याउने सोच बनाएको बताए । उनले क्लवलाई विभिन्न तह र तप्काबाट आर्थिक,भौतिक र नैतिक समर्थन साथै सहयोग गर्नेप्रति आभार प्रकट गरे । ‘तपाईहरुको साथ सहयोगलाई क्लवले कहिले खेर जान दिने छैन्’ उनले भने ‘हामी निरन्तर समाज र गाउँ विकासको पक्षमा लागिरहने छौं ।’

उक्त कार्यक्रमको सञ्चालन क्लवका सदस्य केशव कुवँरले गरेका थिए ।

त्यस्तै क्लव स्थापनाको छोटो अवधिमै क्लवले ब्लड क्यान्सर पिडित स्व बिष्णु खड्काको परिवारलाई क्लवको सक्रियतामा संकलित रकम हस्तान्तरण,खुट्टको क्यान्सर पिडित राकेश थापालाई उपचारकोलागी आर्थिक सहयोग, केही महिना अघी मालारानी ५ भण्डारमा निशुल्क स्वास्थ्य शिविर संचालन लगाएतका सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया