२०८३, ४ मंसिर बिहीबार
×

आज मदन-आश्रित स्मृति दिवस , देशभर विभिन्न कार्यक्रम गरी मनाईदैँ

972 Shares

जेठ ३-  सत्तारुढ दल नेकपाले आज २६ औं मदन-आश्रित स्मृति दिवस मनाउँदैछ ।तत्कालीन नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा नेकपाले चितवनको दासढुंगा ,राजधानी लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र खुबै आलोचना समेत हुँदै आएको छ ।

दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए तर उनको पनि हत्या भएपछि यो घटना थप रहस्यमय बन्यो तर मदन भण्डारी–जीवराज आश्रितको हत्यारा पत्ता लागेन । यता गत वर्षको जेठ ३ गते नै तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएको थियो । पार्टी एकताले एक बर्ष पुरा गरेको अवसरमा काठमाडौंमा गरिने कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधनसमेत गर्ने कार्यक्रम तय गरिएको छ ।

 

प्रतिक्रिया