3513
Shares
काठमाडौँ – सिराहमा राज्यमन्त्रीले आफैँले खर्च गरेर बालबिबाह गरेको तीन दिन नबित्दै एक २१ वर्षीय युवतीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ ।सिरहा नगरपालिका-८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्।
कन्चनको शरीरको ५० प्रतिशत माग जलेको छ। जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको छ । कन्चनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार भएका छन् भने कन्चनकी सासु भने पक्राउ परेकी छिन ।