960
Shares
गुल्मी – गुल्मीको दर्लिङबाट बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना हुँँदा १० जना घाइते भएका छन्। लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ थामडाँडामा दुर्घटना भएको हो।
जीपमा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार १० मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तमघासमा ल्याईदै छ।